Songs

युवराज चौलागाईंको ‘हाम्रो सम्बन्ध’ …

काठमाडौं । गायक युवराज चौलागाईंको नयाँ गीत सार्वजनिक भएको छ । ‘हाम्रो सम्बन्ध’ बोलको गीत उनले आइतबार आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

स्वरमा युवराजलाई अनुष्का पाठकले साथ दिएकी छन् । प्रेम सम्बन्धमा रहेका युवायुवतीको अन्तर सम्बादलाई गीतले रमाइलो तरिकाले उनेको छ । घरबाट विवाहका लागि आमाले दबाब दिएपछि प्रेमीकालाई विवाहको प्रस्ताव गर्ने प्रेमी र त्यसको जवाफ गीतमा समावेश छ ।

गीतमा शब्दरचना अनुष्का स्वयंको छ भने संगीत युवराजले नै भरेका छन् । शान थापाले निर्देशन गरेको भिडियोमा युवराज र अनुष्काकै अभिनय रहेको छ ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments