स्वस्तिमा भन्छिन्- ‘लालीबजार’ले मलाई धेरै वर्षसम्म चिनाउछ

टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’, ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरेको षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ मा प्रदर्शन हुँदैछ । अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको उक्त फिल्मको सार्वजनिक पहिलो पोस्टरले नै दर्शकको ध्यान केन्द्रीत गरेको थियो । गर्भवती महिला शृंगार गरेर ढोकामा उभिएर हेरिरहेको पोस्टरले फिल्मको कथासार […]

‘पीआर’ हरेक अन्तर्राष्ट्रिय विद्यार्थीको कथा हो : सुरज

अष्ट्रेलियामा अध्ययन र मोडलिङ गर्दै आएका सुरज पौडेलले फिल्म ‘पीआर’ मार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन्। आउँदो शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको यो फिल्मले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीले भोग्ने मनोवैज्ञानिक, आर्थिक र सामाजिक दबाबलाई कथाका माध्यमबाट प्रस्तुत गरेको छ। फिल्मको प्रमोसनका लागि हाल नेपाल आइनपुगेका पौडेलले आफ्नो अभिनय यात्रा, फिल्ममा जोडिनुको कारणदेखि लिएर विदेशको व्यस्तताबीच […]

शोभित भन्छन्- निर्देशकको रुपमा मेरो दोस्रो जन्म हो ‘पीआर’

कुनै बेलाका ‘हिट मेसिन’ हुन्, निर्देशक शोभित बस्नेत । उनले आफ्नो करिअरमा ‘राजु राजा राम’, ‘कर्णवीर’, ‘दुर्गा’, ‘धूम’, ‘चोर सिपाही’ जस्ता थुप्रै सफल फिल्म दिएका छन् । तर, समयसँगै बदलिँदो दर्शकको रुचिका कारण उनका पछिल्ला फिल्मले त्यति प्रभाव जमाउन सकेका छैनन् । अब उनलाई ठूलो आशा आफ्नो नयाँ फिल्म ‘पीआर’प्रति छ, जुन २६ मंसिरदेखि प्रदर्शन […]

टेलिशृङ्खलाको ‘हरि बहादुर’ भन्दा किन भिन्न छ फिल्मको ‘हरि बहादुर’ ?

कलाकार हरिवंश आचार्यको चर्चित पात्र ‘हरि बहादुर’ फेरि दर्शकमाझ आएको छ । अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेको हरि बहादुर पात्रलाई केहि समयको विश्राम पश्चात फिल्ममा ल्याएका छन् । आगामी दसैँको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘हरि बहादुरको जुत्ता’ मार्फत दर्शकलाई भिन्न हरिबाहादुरसँग परिचित गराउने कलाकार हरिवंशले बताएका छन् । बुमर्सदेखि […]

‘बलिदान’मा मनोरञ्जनसँगै देश र आमाप्रतिको माया झल्किन्छ’

नेपाली फिल्म उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको फिल्म ‘बलिदान’ का निर्देशक तथा निर्माता सन्तोष सेनले फिल्मप्रतिको आफ्नो अटुट विश्वास व्यक्त गरेका छन्। उनले यसलाई केवल मनोरञ्जनको साधन नभई देशभक्ति र आमाप्रतिको कर्तव्य बोधको अभिव्यक्ति भएको बताएका छन्। “हामीले उठाएको विषयवस्तुलाई पर्दामा उतार्न निकै कठिन थियो। लामो समयको धैर्य र परिश्रमपछि आज यो फिल्म पर्दामा आउन लागेको […]

सत्र वर्षपछि पुरा भएकाे कामेश्वरकाे सपना

अभिनयमा अब्बल मानिने कलाकारमै पर्छन् अभिनेता कामेश्वर चौरसिया । झन्डै दुई दशकअगाडि कलाकार बन्ने सपना बोकेर मधेसको पर्साबाट काठमाडौँ आइपुगेका अभिनेता चौरासियाले मुख्य भूमिका प्राप्त गर्न सत्र वर्ष प्रतीक्षा गर्नुप¥यो । यसपालि दसैँको अवसर पारेर फूलपाती अर्थात् असोज १३ गते प्रदर्शन हुने फिल्म ‘अभिमन्युः च्याप्टर १’ मा उनले पहिलोपटक कथालाई नेतृत्व गर्ने अवसर पाएका छन् […]

केदार घिमिरे अझै ‘माग्ने बुढा’कै छायामा, फरक भूमिकामा देखाउने ‘मेकर’को इच्छा छैन

कलाकार केदार घिमिरेको परिचय ‘माग्ने बुढा’ नामसँग अटुट रूपमा जोडिएको छ। लोकप्रिय टेलिसिरियल ‘मेरी बाँस्सै’ मार्फत दर्शकमाझ चिनिएका उनी आजसम्म वास्तविक नामभन्दा सिरियलकै पात्रबाट बढी परिचित छन्। सिरियल बन्द भए पनि ‘माग्ने बुढा’को छायाँ उनलाई फिल्मी करिअरभर पछ्याइरहेको छ। पहिलो फिल्म छ एकान छ मा नै उनी त्यही लवज र गेटअपसहित देखिए। वडा नम्बर ६ […]

वर्षा भन्छिन्– माग्ने राजाले सबै वर्गलाई प्रतिनिधित्व गर्छ

‘परदेशी २’ र ‘छक्का पञ्जा ५’को सफलतापछि करिअरको उत्कर्षमा रहेकी अभिनेत्री वर्षा सिवाकोटीलाई यतिबेला भ्याइनभ्याइ छ । बैशाखयता एकपछि अर्को फिल्म सम्झौता गरिरहेकी उनले यस वर्ष चारवटा फिल्ममा काम गर्दैछिन् । यस्तैमा उनी अभिनीत नयाँ फिल्म ‘माग्ने राजा’ भदौ ६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । यस वर्ष प्रदर्शन हुन लागेको उनको यो पहिलो फिल्म […]

‘यो मन त मेरो नेपाली हो’ एउटा अभियान हो : निर्देशक प्रधान

नेपाली जीवन मुग्लाने जीवन हो। यही मुग्लाने जीवनले नेपालीहरूलाई संसारका कुनाकुनासम्म पुर्‍याएको छ। नेपालबाहिर रहेका नेपालीहरूले नेपाललाई सधैं पितृभूमिका रूपमा मनमा सजाएका छन्। नेपाली भाषा, संस्कृति र संस्कारले नेपालसँगको साइनो टुट्न दिएका छैनन्। संसारभर पुगेका नेपालीहरूले आ–आफ्नै किसिमका दुःख भोगेका छन्। यस्ता अनेक भोगाइका बीच पनि नेपाल र नेपालीपनाप्रतिको स्नेह कायम छ। राजनीतिक कारणले भुटान […]

रङ्गमञ्चले मेरो कलाकारितालाई अनुशासित बनाउँछ : अभिनेता सरोज खनाल

अभिनेता सरोज खनाल रङ्गमञ्च र फिल्मका लागि परिचित नाम हो । उनले तीस भन्दा बढी नाटक र सय भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । नेपाली फिल्ममा अभिनेता हुँदै पछिल्लो समय सहअभिनेताका रूपमा काम गरिरहेका खनालले आठ वर्षको अन्तरालमा नाटक ‘मञ्जिराः द म्यूटेड मेलोडी’ मा काम गरेका छन् । विसं २०७४ ‘बाह्र दुर्वासा’ नामक नाटकमा […]