कैलाशको निर्देशनमा ‘द फन्टुस शो’को प्रशारण सुरु

नेपालकै पहिलो इम्प्रभ कमेडी शो ‘द फन्टुस शो’ शनिबारबाट ओएसआर रियालिटीमार्फत प्रसारण सुरु भएको छ । कार्यक्रम हरेक शनिबार राति ९ बजे प्रसारण हुनेछ। हिल्स एण्ड होराइजन फिल्म्स प्रालिको प्रस्तुत यो शोको निर्देशन कमेडियन कैलाश कार्कीले गरेका छन्। उनी पहिले रियालिटी शो कमेडी च्याम्पियनबाट परिचित छन् । कार्यक्रमलाई अर्का कमेडियन सन्तोष थापाले होस्ट गरेका छन् […]

रियालिटी शो ‘कमेडी किड्स’ को डिजिटल अडिसन खुला

वसन्त पञ्चमीको शुभ अवसरमा रघुजी फिल्म्सले घोषणा गरेको नयाँ रियालिटी शो ‘कमेडी किड्स’ को आज महाशिवरात्रीको दिनबाट डिजिटल अडिसन खुला गरिएको छ। रियालिटी शो ‘कमेडी किड्स’ मा भाग लिन इच्छुकले बढीमा २ मिनेट लामो भिडियो बनाएर व्हाट्स एप,जिमेल अथवा भाइबरमा पठाउन सक्नेछन्। भिडियो मोबाइलबाट खिचेर पठाउन सकिनेछ। सहभागीले एक्लै अथवा समूहमा भिडियो बनाएर पठाउन सक्नेछन्। […]

‘एक्टिङ स्टार’ को प्रि-जज अडिसन सम्पन्न

एक्टिङ रियालिटी शो ‘एक्टिङ स्टार’ को प्रि-जज अडिसन सम्पन्न भएको छ । ‘एक्टिङ स्टार’ मा भाग लिन एक हजारभन्दा बढीले डिजिटल अडिसन मार्फत भिडियो पठाएका थिए । तिमध्येबाट २२२ जनालाई प्रि-जज अडिसनको लागि छानिएको थियो । सोमबार अडिसन सञ्चालन गरि सम्पूर्ण सहभागिहरुलाई आफूले तयार गरेको अभिनय कला प्रस्तुत गर्ने मौका प्रदान गरेको आयोजक महक मिडिया […]

‘द भ्वाइस अफ नेपाल–६’ मा ‘बर्जर’ खुट्टाले थिच्दा खेम सेन्चुरीको आलोचना

काठमाडौं । नेपालको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–६’ प्रशारण सुरु भइरहेको छ । शोको हाल ‘ब्लाइन्ड अडिसन’ चरणमा कोचहरुको चयन प्रक्रिया चलिरहेको छ । यस सिजनमा कोचहरुमध्ये नयाँ अनुहारका रुपमा गायक खेम सेन्चुरी प्रवेश गरेका छन् । तर, शोको दोस्रो भागमै सेन्चुरीको गतिविधिले सामाजिक सञ्जालमा चर्को आलोचना निम्त्याएको छ। गायिका इन्द्रकला राईले […]

‘कमेडी दरवार’मा हमला भएपछि विच्किए ऋषि धमला, ‘काजु जोक्स’ मा लाग्यो सेन्सर

सार्वजनिक भएको ४ दिनमै १० लाख भ्यूज बटुलेको कमेडी रियालिटी शो ‘कमेडी दरबार’को नयाँ एपिसोड सेन्सर भएको छ । यो शोको अतिथीमा प्राइम टेलिभिजनका प्रमुख ऋषि धमला र रंग पत्रकार प्रकाश सुवेदी पुगेका थिए । विशेषगरि, शोमा धमलामाथि बढी नै रोस्ट भएको थियो । कार्यक्रममा प्रस्तुत गरिएका केही बिषयमा धमलाको असन्तुष्टि देखिएको थियो । कार्यक्रममा […]

‘एक्टिङ स्टार’को जुरीमा नीर शाह, अनुप बराल र ऋचा शर्मा

रियालिटी शो ‘एक्टिङ स्टार’को जुरी सार्वजनिक गरिएको छ। केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरेर प्रतियोगी खोज्दै गरेको रियालिटी शोको जुरी फाइनल भएको छ । जुरी टिममा निर शाह,अनुप बराल र ऋचा शर्मा रहेको जानकारी आयोजक संस्थाले गराएको छ। अभिनयका बादशाह भनेर चिनिने निर शाह,थुप्रै सफल कलाकारका गुरु अनुप बराल र चर्चित अभिनेत्री ऋचा शर्माले […]

कमेडी रियालिटी शो ‘मिमिक्री किङ्स’ आउने

नयाँ कमेडी रियालिटी शो ‘मिमिक्री किङ्स’ आउने भएको छ । सिकाईको पाठशाला स्लोगन दिइएको यस रियालिटी शोमा क्यारिकेचर कमेडीयनहरु सहभागी हुन सक्नेछन् । दक्षयानी प्रोडक्सनको ब्यानरमा बन्ने यो शोको अहिले सेट डिजाइनको काम भइरहेको छ । ‘मिमिक्री किङ्ग’लाई कमेडियन दिनेश काफ्लेले निर्देशन गर्दैछन् । काफ्लेका अनुसार शो आगामी फागुनसम्म प्रसारण गर्ने तयारी भइरहेको छ । […]

‘कमेडी च्याम्पियन सिजन–३’को उपाधि सुनीललाई

कमेडी च्याम्पियन सिजन- ३ को उपाधि काठमाडौंका सुनील खड्काले जितेका छन् । शनिबार भएको ग्रान्ड फिनालेमा सुनीलले अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै स्ट्यान्डअप कमेडी शोको विजेता बनेका हुन् । विजेता सुनीलले २५ लाख रुपैयाँ नगद सहित ४० लाखको विद्युतीय गाडी ‘नेटा भी’ कार प्राप्त गरेका छन् । काठमाडौंका २६ वर्षीय सुनिल खड्का, नवलपरासीकी १२ वर्षीया सुयशा […]

करन परियार बने नेपाल आइडल सिजन ५ को विजेता

चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन-५ को विजेता करण परियार बनेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै बर्दियाका परियाले उपाधि जितेका हुन् । दर्शकको भोटको आधारमा विजेता चुनिएका करणले पुरस्कार स्वरुप नगद २५ लाख रूपैयाँ प्राप्त गरेका छन् । नेपाल आइडल सिजन–५ मा सलोमी गुरुङ फस्ट रनरअप र सचिन […]

फागुन ३ बाट ‘कमेडी च्याम्पियन ३’ प्रशारण हुने, फर्म्याट फेरिने

कमेडी च्याम्पियन सिजन–३ आगामी फागुन ३ गतेबाट सुरु हुने भएको छ । निर्माण पक्षले बुधबार दरबारमार्गमा पत्रकार सम्मेलन गरी प्रतियोगितमा सोचेभन्दा बढी प्रतिभावान् प्रतिस्पर्धी आएकाले शोको फर्म्याटमा हेरफेर गरिने जानकारी दिएको हो । यो शो हरेक साताको बिहिबार र शुक्रबार राती ९ बजेदेखि साढे १० बजेसम्म कान्तिपुर टीभीमा प्रशारण हुनेछ । निर्देशक विशाल भण्डारीका अनुसार […]