आगामी जेठ ८ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘मितज्यू’को टिजर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले २ मिनेट लामो टिजर दर्शकमाझ ल्याएको हो । दुई मितबीचको मित्रता र झगडालाई टिजरको केन्द्रमा राखिएको छ । अभिनेता द्वय दयाहाङ राई र सौगात मल्ल मितको भूमिकामा देखिएका छन् । टिजरको सुरुवातमा दयाहाङ […]
विराजको ‘मास अवतार’ र सुशीलको एक्शन यस्तो छ ‘राम नाम सत्य’को पावरफुल ट्रेलर
चैत्र २७ गतेबाट रिलिज हुने फिल्म ‘राम नाम सत्य’को सस्पेन्स, प्रेम र एक्सनपूर्ण ट्रेलर बिहीबार सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा माइकल चन्दको कथा, पटकथा र लेखन रहेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा विराज भट्टको रोमान्ससँगै दमदार एक्सन र संवाद छ । ट्रेलरमा सुशील श्रेष्ठ र दिव्या रायमाझीको प्रेम, विराज र […]
‘मिरमिरे’ को ट्रेलर: आमा र श्रीमति नहुँदाको एक्लोपन
फिल्म ‘मिरमिरे’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार काठमाडौंमा ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा बुवा र छोरीबीचको कथा छ । बुवा र छोरीबीचको भावनात्मक कथालाई ट्रेलरले समेटेको छ । श्रीमती नभएको घर, आमा नभएका सन्तान र श्रीमतीबेगरको श्रीमान्को रित्तोपनलाई ट्रेलरमा देखाइएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकारहरू दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, […]
‘कल्ली’ टिजरः मानिस भित्र रहने देवता र राक्षसको कथा
फागुन १ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कल्ली’को टिजर सार्वजनिक भएको छ । किरण नेपालीको निर्माणमा तयार भएको यो फिल्ममा लक्ष्मण सुनारको निर्देशन छ । सुनारकै कथा रहेको फिल्ममा महेश दवाडीको लेखन छ । फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, […]
‘द ब्ल्यू लाइट’को टिजरमा लभ र रोमान्सदेखि प्रहरीको फन्दासम्म
अभिनेत्री बेनिशा हमाल कार्यकारी निर्माता रहेको फिल्म ‘द ब्लू लाइट’को प्रदर्शन मिति फेरि हेरफेर भएको छ । १२ मंसिरबाट पोस्टपोन्ड भएर पुष १० गते पुगेको यो फिल्म अब आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहीबार टिजर सार्वजनिक गर्दै निर्माण पक्षले नयाँ प्रदर्शन मिति तय गरेको हो । उक्त मितिमा फिल्म ‘आ बाट […]
‘आ बाट आमा’को टिजरमा परदेशिन लागेको छोराप्रति आमाबुबाको मर्मस्पर्शी प्रेम
आर्या इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘आ बाट आमा’को टिजर सार्वजनिक भएको छ । सोमबार निर्माण टिमले ओएसआरको युटुब च्यानलमार्फत ट्रेलर रिलिज गरेको हो। सार्वजनिक टिजरमा परदेशिन लागेका छोरालाई बुबाआमाको माया कतिसम्मको हुन्छ भन्ने यर्थात कथालाई प्रस्तुत गरिएको छ। टिजरमा अभिनेता पल शाह सिरानीमाथी पासपोर्ट राखेका छन् भने उनका बुबा प्रदीप रावत र आमा […]
पारिवारिक कथावस्तुमा फिल्म ‘हर्ष’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक
स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी एकता पौडेलको डेब्यु निर्देशनमा बनेको फिल्म ‘हर्ष’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दर्शकमाझ ल्याइएको तीन मिनेट लामो ट्रेलरले वंश (उत्तराधिकारी)को विषयलाई केन्द्रमा राख्दै पारिवारिक सम्बन्धका भावनात्मक उतारचढावलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ । ट्रेलरमा कलाकार सन्तोष पन्तको एउटा संवाद छ, ‘पुस्तौंदेखिको विरासत छ यो […]
‘मनबिनाको धन’ को ट्रेलर : बालगायक अशोक दर्जीको प्रेरक कथा
कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मन बिनाको धन’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा बालगायक अशोक दर्जीको सडक बालकदेखि सांगीतिक सफलतासम्मको कथा देखाइएको छ । वर्तमान समाज मन अनि धन बीचको टकराव र अशोक दर्जी कसरी जिरो देखिको हिरोको यात्रामा अगाडि बढेका छन भन्ने बिषयलाइ भावनात्मक र सूक्ष्म ढङ्गले प्रस्तुत गरिएको छ […]
अन्यायको विरुद्ध लड्ने पात्रको संघर्ष रहेको ‘परिवर्तन’को टिजरमा सुशीलको एक्सन अवतार
फिल्म ‘परिवर्तन’को टिजर सार्वजनिक गरिएको छ । आगामी माघ ९ गतेबाट प्रदर्शनको तयारीमा रहेको छठ पर्वको अवसर पारेर सोमबार युट्युबमार्फत सार्वजनिक टिजरले फिल्मको कथा र पात्रको संघर्षको झलक प्रस्तुत गरेको छ । अन्यायको विरुद्ध लड्ने पात्रको संघर्षलाई केन्द्रमा राखिएको टिजरमा अभिनेता सुशील श्रेष्ठ एक्सन अवतारमा प्रस्तुत छन् । टिजरमा सुशीलसहित करिश्मा मानन्धर, अञ्जना बराइली, हेमन्त […]
‘परान’को मर्मस्पर्शी ट्रेलर : सन्तानको सामीप्यता खोजिरहेका बाबुको पीडा
यहि कार्तिक १४ गते रिलिज हुने ‘परान’ फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक कथा पस्किने देखाएको छ । यसमा विशेषतः जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडाको संवेदनालाई देखाउन खोजेको देखिन्छ । बाबुआमाले बुढेसकालमा […]