मुस्ताङ पुगेर शिल्पाले कसिन् लगनगाँठो

अभिनेत्री तथा मोडल शिल्पा मास्केले विवाह गरेकी छन् । ट्याटु कलाकार समेत रहेका प्रेमी फ्लावर केसीसँग उनले मुस्ताङ पुगेर विवाह गरेकी हुन् । इन्स्टाग्रामबाट उनले विवाहका आकर्षक फोटो सार्वजनिक गरेकी छन् । मुस्ताङको हिमाल, जंगल र पहाडले घेरिएको कोवाङमा उनीहरूले विवाह गरेका हुन् । आफूहरूले सँधै प्रकृतिको बीचमा विवाह गर्ने कल्पना गर्दै आएको र त्यो […]

सौगात र दयाहाङको जोडीको पर्खाइमा दर्शक

फिल्म ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शन हुँदा अभिनेता दयाहाङ राई र सौगात मल्ल सँगै देखिनेछन् । यी दुई अभिनेता आफैँमा फिल्ममा मात्रै होइन, फिल्म बाहिर पनि दर्शकमा रुचाइएका कलाकार हुन् । ‘लुट’बाट सुरु भएको यो जोडीले हालसम्म थुप्रै फिल्ममा सँगै काम गरेका छन् । त्यसमध्ये ‘कबड्डी’ पनि सफल जोडी हो । ‘लुट’ र ‘कबड्डी’ जस्तै […]

स्वस्तिमा भन्छिन्- ‘लालीबजार’ले मलाई धेरै वर्षसम्म चिनाउछ

टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’, ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरेको षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ मा प्रदर्शन हुँदैछ । अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको उक्त फिल्मको सार्वजनिक पहिलो पोस्टरले नै दर्शकको ध्यान केन्द्रीत गरेको थियो । गर्भवती महिला शृंगार गरेर ढोकामा उभिएर हेरिरहेको पोस्टरले फिल्मको कथासार […]

अभिनेता रमित ढुंगानालाई मातृशोक

नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता तथा निर्देशक रमित ढुंगाना शोकमा डुबेका छन्। उनकी ८८ वर्षीया आमा ज्ञानुदेवी ढुंगानाको आइतबार बिहान निधन भएको हो। स्वास्थ्यमा अचानक गम्भीर समस्या देखा परेपछि शनिबार साँझ ललितपुरको पुल्चोकस्थित सुमेरु सिटी अस्पतालमा भर्ना गरिएकी उनको उपचारकै क्रममा बिहान ५ बजे निधन भएको हो। रमितका निकट मित्र तथा म्युजिक भिडियो निर्देशक रोजल […]

‘परालको आगो’को सुरुवाती दिनमै सुखद ओपनिङ, कति गर्यो कमाई

बैशाख ११ गतेबाट हलमा लागेको फिल्म ‘परालको आगो’को सुरुवाती दिनमै सुखद ओपनिङ गरेको छ। हिजो शुक्रबार नै फिल्मले ३७ लाख भन्दा बढिको ग्रस कलेक्सन गरेको हो। फिल्मका निर्माता सुशील पोखेलले बिज मुभिजमा पत्रकारहरु माझ फिल्मको ओपनिक कलेक्सन ३८ लाख नजिक रहेको बताएका हुन्। उनले कलेक्सन सहितको डाटा देखाउदै भने,‘ हिजो ‘परालको आगो’ले एकैदिन ३७ लाखभन्दा […]

रेखा थापा निर्देशित ‘माया भनेकै यस्तो होला’ २६ मा आउने

अभिनेत्री रेखा थापाको निर्देशनमा तयार भएको फिल्म ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माण पक्ष र वितरकबीच भएको सहमतिअनुसार फिल्म आगामी भदौ २६ गतेबाट देशभरका हलहरूमा प्रदर्शनमा आउने भएको हो । फिल्मको वितरण रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछन् । नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापा […]

हलमा लाग्यो ‘परालको आगो’

आज शुक्रबारबाट फिल्म ‘परालको आगो’ सोलो प्रदर्शनमा आएको छ। शुक्रबार बिहानदेखि दर्शकले हलहरु भरिभराउ देखिएका छन्। फिल्मले देशभरका डेढ सयभन्दा बढि शो पाएको छ। फिल्मका निर्माता सुशील पोखरेलले अधिकांश हल हाउफुल रहेको बताए। निर्माण टिम शुक्रबार बिहानैबाट हलहलमा दर्शक भेट्न पुगिरहेका छन्। १३५ मिनेट लामो यस फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको छ । गुरुप्रसाद मैनालीको अमर […]

नेटफ्लिक्समा डेब्यू गर्दै पूर्वमिस नेपाल निकिता चाण्डक

अभिनेत्री निकिता चाण्डकले विश्वकै ठूलो ओभर द टप (ओटीटी) प्लेटफर्म नेटफ्लिक्समा डेब्यू गर्ने भएकी छन् । उनले हिन्दी वेब-सिरिज ‘ग्लोरी’ मार्फत नेटफ्लिक्सको यात्रा तय गरेकी हुन् । निकिताले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू अभिनित पहिलो वेब-सिरिज ‘ग्लोरी’ आगामी मे १ (वैशाख १९ गते) देखि नेटफ्लिक्समा स्ट्रिमिङ हुन लागेको जानकारी दिएकी छन् । निकिताले लेखेकी छन्, “मेरो […]

‘एक मुठ्ठी बादल’का लागि गौरवले घटाएका थिए ९ केजी तौल

आगामी जेठ १ गते रिलिज हुने फिल्म ‘एक मुठी बादल’का लागि अभिनेता गौरभ बिष्टले शरीरको तौल घटाएका छन् । दुई वर्षअघि फिल्म ‘परस्त्री’मा अभिनेताका रुपमा डेब्यु गरेका गौरभले यो फिल्मका लागि ९ केजी तौल घटाएका हुन् । फिल्म युनिटले हालै सार्वजनिक गरेको गौरभको दुई क्यारेक्टर तस्वीरमा उनको शरीरमा आएको परिवर्तनलाई बुझ्न सकिन्छ । सार्वजनिक दुई […]

साउन २२ मा आउँदै ‘कमला मिस’, निर शाहको कमब्याक निर्देशन

कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भएको फिल्म ‘कमला मिस’ आगामी साउन २२ गते रिलिज हुने भएको छ । बिहीबार वितरक कम्पनीहरू एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीसँग सम्झौता गर्दै रिलिज मिति बुक गरिएको हो । मनोवैज्ञानिक कथावस्तुमा आधारित यस फिल्ममा निर्देशक निर शाह, रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, […]