News

हलमा लाग्यो ‘परालको आगो’

आज शुक्रबारबाट फिल्म ‘परालको आगो’ सोलो प्रदर्शनमा आएको छ। शुक्रबार बिहानदेखि दर्शकले हलहरु भरिभराउ देखिएका छन्। फिल्मले देशभरका डेढ सयभन्दा बढि शो पाएको छ।

फिल्मका निर्माता सुशील पोखरेलले अधिकांश हल हाउफुल रहेको बताए। निर्माण टिम शुक्रबार बिहानैबाट हलहलमा दर्शक भेट्न पुगिरहेका छन्।

१३५ मिनेट लामो यस फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको छ । गुरुप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित फिल्ममा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, शंकर आचार्य,किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्।

हरि ॐ सिने मेकर्स प्रा।लि।को ब्यानरमा निर्माण भएको यस फिल्ममा लगानी सुशील पोखरेलले गरेका छन्। यस फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् भने फिल्मको भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन्।

सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस फिल्मलाई नेपालभरको फिल्मको वितरण आर आर फिल्मसले गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments