मेलिना राईको बालगीत ‘मझेरीमै नाच्न देऊ’ सार्वजनिक…
काठमाडौं । लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको ‘मझेरीमै नाच्न देऊ’ बोलको बालगीतको भिडियो सार्वजिनक गरिएको छ।
जसमा सुप्रसिद्ध कवि तथा गीतकार रामबाबु सुवेदीको शब्द तथा संगीतकार डिल्ली प्रसाद चापागाईंको संगीत रहेको छ।
बीबी अनुरागीको एरेन्ज रहेको गीतको भिडियोको निर्देशन आचार्य गोपालले गरेका छन्। भिडियोको निर्माण रामबाबु सुवेदीले गरेका हुन्।
सार्वजनिक बाल गीतमा सुन्दर नगरी पोखराकी आयुष्मा भुजेलले मुख्य भूमिकामा अभिनय गरेकी छन्। जसमा स्थानीय बालबालिकाहरुको पनि अभिनय देख्न सकिन्छ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।