News

रहेनन् फिल्म सम्पादक किरण अधिकारी

काठमाडौं । नेपाली फिल्मका ब्यस्त सम्पादक किरण अधिकारीको निधन भएको छ। हृदयघातका कारण उनको आइतबार निधन भएको हो।

उनलाई हृदयघात भएपनि अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउदै गर्दा उनको निधन भएको हो। उनले पछिल्लो समय दाई राजु अधिकारीसँग मिलेर करुणा फिल्मस् संचालन गर्दै आएका थिए।

‘बिचबाटो’, ‘मेरो राजेश दाई’ ‘मधेस पुत्र’ लगायत थुप्रै फिल्म, म्युजिक भिडियो, डकुमेन्ट्री तथा विज्ञापन चलचित्र उनले सम्पादन गरेका छन्।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments