News

‘खहरेघाट’मा सुकुम्बासी बस्तीको कथा

काठमाडौं । नाटक महोत्सव–२०६३ मा पुरस्कृत ‘खहरेघाट’लाई निर्दैशक किशोर अनुरागले टेलिसिरिएल उतारेका छन् ।

सुकुम्बासी बस्तीको कथा समेटिएको सिरियल नेपालको पूर्वी भेगमा छायांकन गरिएको कथाकार तथा निर्देशक अनुरागले जानकारी दिएका छन् ।
उनका अनुसार १८ असार बेलुका ७ः३० बाट नेपाल टेलिभिजनबाट प्रसारण सुरु ‘खहरेघाट’ हरेक साता शनिबार समय प्रसारण हुनेछ ।

पटकथा तथा मुख्य सहायक निर्देशक इच्छा सिंह रहेको ‘खहरेघाट’का निर्मातामा आनन्दप्रभाकर घिमिरे र हरि भण्डारी तथा कार्यकारी निर्माता निदेश अधिकारी छन् ।

आनन्द प्रभाकर घिमिरेद्वारा छायांकृत सिरियलमा समिर मियाको सम्पादन र शशीविक्रम थापाको शीर्षगीत छ ।

टेलिशृंखलामा देशभक्त खनाल, विद्या कार्की, किशोर अनुराग,लव शर्मा, इच्छा सिंह, सुविना श्रेष्ठ, सन्तोष थापा, साक्षी सिंहभण्डारी, सुमन विष्ट, रीता थापा, शशी थापा, दिनेश खड्कालगायतले अभिनय गरेका छन् ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments