गायिका प्रेमा राना र गायक मिलन लामाको स्वरमा सजिएको जैमिनीको शिरमा हाडिकोट सार्वजनिक
चर्चित गायिका प्रेमा रानाको प्रस्तुतिमा जैमिनीको शिरमा हाडिकोट नाचु नाचु पन्चेबाजाको गीत सार्वजनिक भएको छ । उक्त गीतको संगीत मिलन लामा र प्रेमा राना ले संयुक्त रूपमा गरेका छन उक्त गीतलाई चर्चित निर्देशक खबपुले निर्देशन गरेका छन ।
” दर्शन गरे माइकोस्थान आएर तिम्रो गाउँले मोहनी लाएर जैमिनीको शिरमा हाडिकोट तिरमा गण्डकी गरेर खाने जिन्दगी साइली मरेर जाने जिन्दगी ” यस्तै यस्तै मिठो शव्दमा मिठो गीत पन्चेबाजाले सबैको मन छोएको छ ।
स्वर मिलन लामा र प्रेमा रानाको रहेको छ । शब्द अर्जुन सुवेदी , म्युजिक आभास सेन्चुरी , म्युजिक एरेन्जर चेतन घोताने , मिस्क्सिङ्ग मास्टरिङ्ग कुमार राना , रेकर्डिङ सुमन राना , स्टुडियो मारुनीमा । निर्देशन खड्ग बहादुर पुन मगर (खबपु ) गरेका छन । कलाकारमा पदम हमाल , खिमा मगर , युबराज गुरुङ , सोनिया ठकुरी रहेकोे छ । छायांकन अजय रेग्मी , mua मा अनिमेश गुरुङ , सम्पादन दिपक पुन मगर , पोस्टर दुर्गेस राना , कलर राज कुमार मगर , भिडियो उत्पादन Yungka प्रोडक्सन , पोस्ट प्रोडक्सन राज कुमार फिल्मस रहेको छ ।
विशेष धन्यवाद लुग्मेली चेलीबेटी आमा समुह क्रीतिपुर , जैमिनी नगरपालिका बागलुङ , सालैजो दोहोरी सान्झ , बिजय राना , भुपेन्द्र राना , दिपक राना मगर , जीवन कुमार घर्तिमगर , पदम हमाल ,रमिला बुढा मगर रहेका छन ।
बागलुङ जिल्लाको जैमिनी नगरपालिकाको पर्यटकिय स्थल एबम धार्मिक माइकास्थान नजिकै शब्द टप्पक टिप्न माहिर प्रेमा रानाले नयाँ गीत जैमिनिको शिरमा हाडीकोट पन्चेबाजाको गीत सार्वजनिक भएको छ । गीत कस्तो छ भनी सोधिएको एकप्रश्नमा गायिका प्रेमा रानाले केही नयाँ र फरक पन दिन खोजीएकोले गर्दा सबैले एकपटक हेर्नै पर्ने गीत सार्वजनिक गरिएकोले देश बिदेशमा बस्ने सबै दाजुभाइ तथा दिदीबहिनीहरुले गीत सुनेर सुझाव , सल्लाह र प्रतिक्रिया दिनुहुन अनुरोध गरेकी छन । उक्त गीतलाई Prema Rana युबटुब च्यानलदेखि हेर्न सकिने छ ।
बाग्लुङ जैमिनिका रमणीय स्थलमा छायांकन गरिएको गायिका प्रेमा रानाको गीत जैमीनिको शिरमा हाडीकोट पन्चेबाजा ले AB फिल्मीको तर्फबाट म्युजिक भिडियोले सफलताको शिखर चुमोस गीत रिकर्डिङ देखि भिडियोलाई यो सार्वजनिक गर्नअहोरात्र खटने सबैलाई धन्यवाद व्यक्त गर्दछौ ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।