News

आस्था राउतको नयाँ गीत “लै बरी लै ” सार्वजनिक ।

चर्चित गायिका आस्था राउतको स्वरमा सजिएको नयाँ गीत ” लै बरी लै ” सार्वजनिक भएको छ । उक्त गीतको संगीत चर्चित संगितकार सुरेश अधिकारीले गरेका छन भने शब्द सावित्री राउतको रहेको छ । उक्त गीतको निर्देशन किरन थापाले गरेका छ्न । गीतमा आस्थाले आफैँ मज्जाले अभिनय पनि गरेकिछिन। म्युजिक भिडियोमा आस्था राउत, राज कटुवाल, मिहाङ, प्रवेश र उपासना शाक्य, कृतिका बराल, कन्चन श्रेष्ठ आदिले अभिनय गरेका छन ।

उनको सबैभन्दा चर्चित गीत चौबन्दीमा पटुकी , नाकैमा फुली , कोसिस गर जित्यो भने जितिन्छ हारे सिकिन्छ ,आधार भाग २ , कम्पनीमाला , झुम्के बुलाकी , नाकैमा फुली , सालको पात , यानिमाया , माया यो माया , फाट्यो माइतीको चिनो लगायातका गीत मार्फत सबैको मन जितेकी छन । उनले देश बिदेशका धेरै देशहरु र नेपालमा उनलाई स्टेजको रानीको रूपमा लिन्छन । उनी भ्वाइस अफ नेपाल सिजन २ को कोच भएर सबैको प्रिय भैसकेकि छन ।

उक्त गीत उनको युटुब च्यानल Astha Raut देखी हेर्न सकिन्छ । आफ्नो गीत सार्वजनिक भएपछि गायिका आस्था राउतले भगवानरुपि दर्शकहरुलाइ गीत सुनेर प्रतिक्रिया व्यक्त गर्न अनुरोध गरेकी छ्न । साथै एबि फिल्मीसंग संक्षेपमा कुरा गर्दै देश बिदेशमा बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सबैलाई हिन्दुहरुको महानपर्व बिजया दशमीको सबैलाई शुभकामना व्यक्त गरेकी छ्न । उनको नयाँ गीत त “लै बरी लै ” एबि फिल्मीको तर्फबाट सफलताको शुभकामना व्यक्त गर्दछौं ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments