News

सरोज खनालको बचाउमा उत्रिए दीपकराज, लेख्छन्- ‘घरै नरहे कहाँ बस्छौ साथी’ !

काठमाडौं । कलाकार तथा निर्माता दीपकराज गिरीले निर्माता तथा निर्देशक सन्तोष सेनप्रति आक्रोश व्यक्त गरेका छन्।

सेनले कलाकार सरोज खनाललाई कलाकारहरुमा अमेरिकामा भागेर बस्ने ट्रेन्ड बसाउने नायक भनेर टिप्पणी गरेपछि दीपक आक्रोशित भएका हुन्।

‘प्रेमगीत ३’को विवाद यत्तिकैमा रोकिने छाँटकाँट छैन । भुवन केसी, अनमोल केसी, झरना थापा हुँदै सरोज खनालसम्म यो विवादमा मुछिएका छन् ।

निर्माता सन्तोष सेनले खनाललाई कटाक्ष गरेपछि विवाद झनै चर्किएको छ । ‘छक्कापञ्जा’ फेम्ड अभिनेता दीपकराज गिरी भने खनालको बचाउमा उत्रिएका छन् ।

खनालले ‘प्रेम गीत’ निर्माणको समयमा प्रदीप खड्काले हिरोको भूमिका निर्वाह गर्न सक्तैनन् होला अरुलाई ल्याउनु पर्छ भनेर सन्तोषले भन्दा उनलाई आफूले रोकेको बताएका थिए।

सरोजको उक्त भनाइ आएपछि सन्तोषले आफूसँग ‘प्रेम गीत’ निर्माणको समयमा दोहोरो बोलचाल समेत नभएको भन्दै यस्तो कुरा गर्न सरोजजस्तो अग्रज कलाकारले नसुहाउने अभिव्यक्ति दिएका थिए। त्यसपछि यही विषयलाई लिएर कलाकारहरूबीच टसल सुरु भएको छ।

‘अब हुँदाहुँदा आदरणीय सरोज खनाल दाइ उफ ! यो लिष्ट निक्कै लामो हुँदै छ, दिनप्रतिदिन। सबैलाइ गाली गरेरै फिल्म चलाउने हो ? यति राम्रो हाइप हुँदाहुँदै के गरेको यो?, दीपकले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

आफ्ना मान्छे लगाएर सामान्य दर्शकलाई पनि उचालेर उद्योगका चलचित्रकर्मीलाई गाली गर्न लगाएको उनको आरोप छ। ‘सबैलाइ सिध्याउने हो ? त्यसपछि उद्योग सकिदिने ? अनि आफू मात्रै राज गर्ने हो ?,घर नै नरहे कहाँ बस्छौ साथी?’, दीपकले लेखेका छन्।

दीपक लेख्छन्–

आज म लेख्दैछु,

भुवन केसी, अनमोल केसी, झरना थापा, म

अब हुँदाहुँदा आदरणीय सरोज खनाल दाइ उफ्

यो लिस्ट निक्कै लामो हुँदैछ दिनप्रतिदिन

सबैलाई गाली गरेरै फिल्म चलाउने हो ?

यति राम्रो हाइप हुँदाहुँदै के गर्‍या यो ?

आफ्ना मान्छे लगाएर सामान्य दर्शकलाई पनि उचालेर उद्योगका मान्छेलाई गाली गर्न लगाएर सबैलाई सिध्याउने हो ? त्यसपछि उद्योग सकिदिने ? अनि आफू मात्रै राज गर्ने हो ? घर नै नरहे कहाँ बस्छौ साथी ?

जे जे गर्‍यौ महान् काम गर्यौ । तर हिन्दी भाषाकोमा नियम अनुसार कर तिर । बरु राम्रो कामको लागि नेपाली भाषाको फिल्ममा एक्स्ट्रा छुट माग सक्किगो त । यति लेखेपछि ब्वायकट अनमोलमा मेरो पनि नाम थपौंला, निर्देशन अनुसार गालीगलौज पनि गरौंला पक्कै पनि ।

तर यति ठूलो तिमीहरुको अन्याय कसरी सहेर बस्नु ? साथीहरुले कसरी सहेर बसें मैले चाहिं सकिन माफ पाउँ । हरेक दिन मिडियामा आएर हंगामा मच्चाउने किन ? आफ्ना सेना तथा समर्थकलाई सभ्य हुन सिकाऔं साथी ! तपाईंको फिल्म चल्दा हामी कसैको बेफाइदा छैन, तपाईंको बजार बढ्दा भोलि मैले पनि कमाउने बाटो खुल्छ, फाइदा नै छ ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments