गायक शिव परियारको ‘दिल रुन्छ जब’ (भिडियोसहित)
काठमाडौं । चर्चित गायक शिव परियारको स्वरमा ‘दिल रुन्छ जब’ बोलको गीत सार्वजनिक भएको छ ।
युवा पुस्ताका प्रतिभाशाली संगीतकार लक्ष्मण पोखरेलको शब्द र संगीत रहेको मर्मस्पर्सी गीतमा अशोक थापाले संगीत संयोजन गरेका छन् । मनोज डंगोलको रेकर्डिङ मिक्सिङ रहेको छ ।
चलचित्र निर्देशक वसन्त अधिकारीको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा मोडल सुशान्त आर टि र विना राउतको अभिनय रहेको छ ।
समाजसेवी मिलन गिरिको समेत अभिनय रहेको गीतलाई भविश्य कार्कीले छायाङकन गरेका हुन् भने नरोत्तम पाण्डेले सम्पादन गरेका छन् ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।