News

फिल्म ‘फूलबारी’बाट प्रियंका कार्कीको ‘कमब्याक’

काठमाडौं । ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङले निर्देशन गर्ने नयाँ फिल्म ‘फूलबारी’बाट अभिनेत्री प्रियंका कार्कीको ‘कमब्याक’ गरेकी छिन् । छोरीलाई जन्मदिएपछि कुनै फिल्ममा नदेखिएकी कार्की प्रमुख भूमिकाको लागि फूलबारी’मा अनुबन्धित भइसकेको छिन् ।

दयाहाङ राई र विपिन कार्की यसअघि नै फिल्मको प्रमुख पुरुष कलाकारमा फाइनल भइसकेका छन् । करिब अढाइ वर्षअघि रिलिज भएको फिल्म ‘लक्का जवान’पछि प्रियंका अभिनयमा फर्किन लागेकी हुन् ।

त्यसयता उनले छोरीलाई जन्म दिइन् । प्रियंका कमब्याकको लागि यतिबेला शारीरिक रुपमा फिट हुन कसरत गरिरहेकी छन् ।

भदौ १३ गतेदेखि छायांकन सुरु हुने फिल्ममा रंगमञ्च कलाकारहरु अरुणा कार्की, सोम खनाल पनि जोडिने चर्चा छ । फ्यामिली ड्रामा जनरामा निर्माण हुन लागेको फिल्मले अभिभावक र सन्तानको कथा पेश गर्छ ।

यो फिल्ममा विपिनले ५८ वर्षीय पात्रको भूमिकामा अभिनय गर्दैछन् । सम्भवतः उनको जोडीको रुपमा अरुणा हुने सम्भावना छ ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments