Trailer

चलचित्र ‘द सेक्रेट अफ राधा’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘द सेक्रेट अफ राधा’कोको ट्रेलर सार्वजनिक भएको छ ।

आइतबार सार्वजनिक गरिएको ट्रेलरमा बेपत्ता भएका श्रीमानको खोजी गरिरहेकी श्रीमतीको कथालाई देखाइएको छ। याे फिल्मलाई सुर्वण थापाले निर्देशन गरेका हुन्।

निर्देशक सुवर्ण र अभिनेता सौगात मल्ल निर्माता रहेको फिल्ममा सृष्टिसँगै सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, बुद्धि तामाङ, पशुपति राई, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ। यो फिल्ममार्फत अभिनेता सौगात मल्ल निर्माताको रुपमा डेब्यू गरेका हुन्।

फिल्ममा दयाहाङ राई र निश्चल बस्नेत अतिथि भूमिकामा छन्। नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन्।

यो फिल्म भदौ १० गतेदेखि प्रदर्शन हुँदैछ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments