प्रविशा र सुगमको स्वरमा सरोज पोखरेलको ‘सायद’ (भिडियोसहित)
काठमाडौं । गायिका प्रविशा अधिकारी र सुगम पोखरेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ ।
सायद बोलको सार्वजनिक गीतमा गायिका अधिकारीलाई गायक पोखरेलले गायनमा साथ दिएका छन् ।
सरोज पोखरेलले संगीत गरेको गीत बिष्णु भण्डारीले लेखेका हुन् ।
सार्वजनिक गीतको म्युजिक भिडियो पनि रिलिज गरिएको छ । म्युजिक भिडियोमा दीपक घिमिरे र संञ्जिता पाण्डेको अभिनय अभिनय गरेका छन् ।
सरोज पोखरेल युटुबले बजारमा ल्याएको गीतको भिडियो निर्देशन साजन कटेलले गरेका हुन् ।
म्युजिक भिडियोमा दिनेश पराजुलीको छायांकन रहेको छ ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।