छाउगोठमा भोग्नुपरेका समस्या समेटिएको डेउडा गीत ‘लिलु’
काठमाडौं । छाउपडीमा आधारित ‘लिलु’ बोलको देउडा गीत सार्वजनिक भएको छ। गौरव गिरी र एलपी शर्माको शब्द रहेको गीतमा सुदूरपश्चिमको भाषा र भेषभुषा समेटिएको छ।
एचबीएन किस्मतको संगीत संयोजन रहेको गीतमा रोहित देउवाले संगीत भरेका छन्। देउवाका साथै गीतमा देउडा गायिका रेखा जोशी, गौरी भट्ट र पूजा देवकोटाको स्वर सुन्न सकिन्छ।
गिरीको निर्देशन रहेको गीतको भिडियोमा पूजा देवकोटा, रोशनी कार्की, एलपी शर्मा, भद्रजंग कुवर, मुकेश सुनार लगायतका कलाकारहरूको अभिनय छ।
एलपी शर्माको प्रस्तुती रहेको गीतको भिडियोको कथा समेत गिरीले नै तयार पारेका हुन्। गीतमा सुदूर तथा मध्यपश्चिममा व्याप्त रहेको छाउपडीको विषयवस्तुलाई समेटिएको छ। महिनावारी भएपछि छाउगोठमा राख्नेदेखि उनीहरूले भोग्नुपरेका समस्या र त्यसबाट घट्ने अप्रिय घटनाहरूलाई भिडियोमार्फत देखाइएको छ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।