Rap Song

चर्चित र्‍यापर लाहुरेले ल्याए लागुऔषधमा फसेकाको गीत ‘बिरामी’ (भिडियोसहित)

काठमाडौं । लागुऔषध प्रकरणमा धरौटीमा रिहा भएसँगै र्‍यापर लाहुरे (आशिष राना) को नयाँ गीत सार्वजनिक भएको छ।

लाहुरेकै शब्द र स्वर रहेको सार्वजनिक ‘बिरामी’ बोलको गीतमा उनकै वास्तविक जीवन चित्रण गरिएको छ।

गीतमा रोहित शाक्यले संगीत भरेका छन्। शाक्यकै निर्देशन रहेको भिडियोमा लाहुरेका साथै उत्तम राई, सुभम बोहोरा र सुजित सञ्जित लगायतका कलाकारहरूको अभिनय रहेको छ।

मन्जित लामा र रेवत श्रेष्ठले छायाङ्कन गरेको गीतको भिडियोलाई रोहित शाक्यले नै सम्पादन गरेका हुन्।

लाहुरेले लागुऔषध प्रयोगविरुद्ध सचेतना जगाउने उद्देश्यले यो गीत सार्वजनिक गरेका हुन्।

गीतको भिडियोमा लागुऔषधमा फसेका लाहुरेकै वास्तविक कथालाई प्रस्तुत गरिएको छ। उनले लागुऔषधमा फस्ने व्यक्तिलाई बिरामीको स‌ज्ञा दिएका छन्।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments