काठमाडौंमा खुल्यो फिल्म एण्ड टिभी स्कुल, राजेश हमाल र नीति शाहले गरे उद्घाटन
काठमाडौं । काठमाडौंमा फिल्म तथा टिभी स्कुल खुलेको छ । फिल्मप्रति युवापुस्ताको आकर्षण बढ्न थालेसँगै संघीय राजधानी काठमाडौंमा केन्द्रित भएर फिल्मका विभिन्न विधामा अध्यापन गराउने उद्देश्यसहित फिल्म खुलेको हो ।
नेशनल फिल्म एण्ड टिभी स्कूल खुलेको शनिवार अभिनेता राजेश हमाल र फिल्ममा डेब्यू गर्ने तयारीमा रहेकी मोडल नीति शाहले स्कूलको उद्घाटन गरे ।
उक्त स्कूलमा फिल्मका सम्पूर्ण विधा र व्यक्तित्व विकासको पढाइ समेत हुने जनाइएको छ ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।