चलचित्र ‘प्रेमगञ्ज’मा अभिनेत्री बेनिशा हमालको बोल्ड अवतार
काठमाडौं । अभिनेत्री बेनिशा हमाल चलचित्र ‘प्रेमगञ्ज’मा ‘मैना’को भूमिकामा देखिएकी छन् । चलचित्रको सार्वजनिक क्यारेक्टर पोस्टरमा निर्माणपक्षले बेनिशाको बोल्ड अवतार सार्वजनिक गरेको हो ।
परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको यो चलचित्रलाई आगामी जेठमा रिलिज गर्ने निर्माणपक्षको तयारी छ । हाल चलचित्रको पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।
चलचित्रमा तेज गिरी, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्र चौतारीको प्रस्तुतिमा तयार भएको चलचित्रमा अनन्तराम श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् । डेढ करोड रुपैयाँ लगानीमा यो चलचित्र बनेको बताइएको छ ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।