सुरक्षा र नरेनको ‘बुलाकी’ कात्तिक १८ गतेदेखि
काठमाडौं । सुरक्षा पन्त र नरेन खड्काको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’ कात्तिक १८ गतेदेखि प्रदर्शन हुने भएको छ । पोस्टर सार्वजनिक गर्दै फिल्मले बुधबार प्रदर्शन मिति तय गरेको हो ।
धान दिवसको अवसर पारेर कर्णाली भेगको जनजीवन, रीतिथिति तथा संस्कृतिक समेटिएको फिल्म ‘बुलाकी’ निर्माण युनिटले फिल्मको रिलिज मिति सार्वजनिक गरेको हो ।
टोपेन्द्र विष्टको निर्माण र लक्ष्मण सुनारको रहेको फिल्ममा स्व. मोति विष्ट प्रस्तुतकर्ता छन् । डोल्पा, जाजरकोट र रुकुममा खिचिएको फिल्ममा सुरक्षा, नरेन्द्र खड्का, नवअभिनेता विराज विष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइँ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारको अभिनय छ ।
छत्रेश्वरी मेनेजमेन्टको व्यानरमा सौगात कँडेल सहनिर्माता रहेको फिल्ममा शिव ढकालको छायांकन छ ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।