कबड्डी ४ युट्युबमा लिक !
काठमाडौं । जेठ १३ प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘कबड्डी ४’ युट्युबमा लिक भएकाे छ । चलचित्रको क्लिप खिचेर अनलाइनमा नहाल्न अनुरोध र ताकेता गर्दागर्दै पनि पूरा चलचित्र नै युट्युबबाट बाहिरिएको हो ।
‘दयाहाङ राई सपोर्ट रम्पा इन्टरटेनमेन्ट’ नामको युट्युब च्यानलमा चलचित्रको हलमा खिचिएको भिडिओ पोस्ट भएको छ । च्यानलमा चलचित्रको डेढ घण्टाको भिडिओ हालिएको छ ।
यसैगरी ‘युके योन्जन’ नामकाे युट्यबु च्यानलमा पनि हलमा खिचिएको एक घण्टा छ मिनेटको भिडिओ अपलाेड भएकाे छ । जेठ १४ गते पोस्ट गरिएको उक्त भिडिओमा याे समाचार तयार पार्दासम्म एक लाख ८४ हजार ३२२ भ्युज आएको छ ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।