‘डान्सिङ स्टार्स नेपाल’बाट बाहिरियो सोनिका र दिलीपको जोडी
काठमाडौं । नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’बाट सोनिका रोकाया र दिलीप ओखेडाको जोडी बाहिरिएको छ ।
दर्शकको मत र जुरीको निर्णयको आधारमा उनीहरु बाहिरिएका हुन् । आगामी सातादेखि सुरु हुने सेमिफाइनलमा पाँच जोडी प्रवेश गरेका छन् ।
परमिता राणा, धीरज राई, प्रीति आले, अमर–अमृत र छिरिङको डान्सिङ जोडी टप फाइभमा प्रवेश गरेका हुन् ।
असार ११ गते शोको फिनाले हुनेछ । फिनालेमा दर्शकको मतको आधारमा विजेता चुनिनेछन् । डान्सिङ स्टार्स नेपाल हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको छ ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।