देशभर ‘लाइफ इन एलए’ प्रदर्शनमा
काठमाडौं । आज शुक्रबारबाट देशभर फिल्म ‘लाइफ इन एलए’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै यो फिल्म प्रदर्शनमा आएको हो । फिल्म सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् ।
ब्यास बिस्सु, अकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय रेको फिल्म अमेरिकामा रहने नेपालीको कथामा बनेको हो ।
ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मका निर्माता अभिनेता ब्यास नै हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा राजेन्द्र ठकुराथी पनि निर्माताको रुपमा रहेका छन् ।
अमेरिकामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन भएको फिल्मको बुधबार प्रिमिएर गरिएको थियो ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।