समीक्षा अधिकारीले भनिन्, ‘सबैको नजरमा राम्रो बन्न सकिँदैन’
काठमाडौं । चर्चित गायिका समीक्षा अधिकारीले सबैको नजरमा राम्रो बन्न नसकिने बताएकी छिन्।
आइतबार उनले सामाजिक सञ्जाल फेसबुकमा एक तस्वीर सार्वजनिक लेखेकी छिन्, हर कोहीको नजरमा राम्रो बन्न त सकिदैन। बस् आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस्।’
गायिका अधिकारी विभिन्न व्यक्तिगत कारणले पछिल्लो समय आफ्नो क्षेत्रमा सक्रिय छैनन्। लामो समयदेखि उनी गायनबाट टाढिएकी छिन्।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।