
फिल्म ‘यात्रा’मा काम गरेपछि फिल्म क्षेत्रबाट टाढा जस्तै देखिएका नायक सलिनमान बनियाँको कमब्याक पक्का भएको छ । उनले, आफ्ना साथी सलोन बस्नेतको फिल्मबाट कमब्याक गर्ने पक्का भएको हो ।
सलोन–सलिना फिल्मसको ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्मबाट सलिनले कमब्याक गर्ने पक्का भएको हो । फिल्मको छायांकन अर्को बर्षबाट सुरु हुनेछ । अहिले स्क्रिप्टमा काम भइरहेको छ ।’
एक्सन शैलीमा निर्माण हुन लागेको फिल्मले विश्वविद्यालयमा हुने गरेको गुन्डागर्दीको कथालाई उठान गर्नेछ । फिल्ममा सलिनमान बनियाँ र नायक सलोन बस्नेतले काम गर्ने पक्का भएको छ । अझै, फिल्मका लागि अझै दुई नायक र दुई नायिका फाइनल गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ । फिल्मलाई ४ करोडको बजेटमा निर्माण गरिनेछ ।
फिल्मका निर्माता तथा नायक सलोनले, फिल्मका निर्देशक फाइनल नभएको बताए । उनले भने–‘अहिले केही निर्देशकहरूसँग कुरा भइरहेको छ । हामी चाँडै नै पक्का गर्छौ ।’ फिल्मका लागि अहिले आफू र सलिन मात्र फाइनल भएको सलोनले जानकारी दिए ।
‘ए मेरो हजुर २ र यात्रा’मा एकसाथ काम गरेका सलिन र सलोनले तेस्रो पटक एकसाथ पर्दा शेयर गर्न लागेका हुन् ।