यस्तो छ ‘बाटुलो जुन’मा अनमोल र प्रिन्सीको लुक्स

नायक अनमोल केसीले आफ्नो नयाँ फिल्म ‘बाटुलो जुन’को आजबाट छायांकन प्रारम्भ गरेका छन् । अनमोलले धादिङको काउलेबाट यो फिल्मको छायांकन सुरु गरेका हुन् । पहिलो चरणमा केही दिन मात्र फिल्मको छायांकन हुनेछ । बाँकी छायांकन भने भदौमा गर्ने तयारी निर्माण पक्षको छ । 

फिल्मको छायांकन सुरु भएसँगै यसको निर्माण पक्षले फिल्मका नायक अनमोल केसी र नायिका प्रिन्सी खतिवडाको लुक्स पनि सार्वजनिक गरेको छ । 

सार्वजनिक लुक्समा अनमोल दाह्री पालेर प्रिन्सीसँग केही हेरेर टोलाएको देख्न सकिन्छ । यी दुवैको लुक्स हेर्दा नायक भुवन केसी नायिका तृप्ति नाडकरको झल्को आउँछ । 

जीया केसीको लगानीमा बन्ने यो फिल्मको बजे २५ लाख बताइएको छ । अंगुर खेतीमा फिल्म खिच्नुपर्ने भएकाले केही दिनका लागि यसको टिम धादिङको काउले पुगेको हो । 

फिल्मका अरू को–को कलाकार रहने हुन् भन्ने केही पनि खुलेको छैन । अनमोलको यो लुक्सले दर्शकमाझ उत्सुकता पैदा गर्ने निश्चित छ । फिल्मका निर्देशक भुवन केसीले यस पटक दर्शकले अनमोललाई यसअघि नदेखेको अवतारमा देख्न पाउने र यो विशेष हुने बताए । 

अनमोल अभिनीत फिल्म ‘जेरीः अन टप’ असोजको ३१ गतेबाट रिलिजमा आउँदै छ । उनले फिल्म ‘ए मेरो हजुर ५’ पनि साइन गरिसकेका छन् । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top