सौगातले साइन गरे ‘जहाजैमा’

भदौबाट जापानमा छायांकन सुरु हुन लागेको फिल्म ‘जहाजैमा’मा नायक सौगात मल्ल अनुबन्धित भएका छन् । नायक सौगात मल्लसँग निर्माण टिमले कागजी सम्झौता गरिसकेको छ । यो फिल्ममा सौगातको भूमिका कस्तो रहने हो भन्ने खुलाइएको छैन । तर, सौगातले भूमिका निकै नै मन पराएपछि काम गर्न राजी भएको बुझिएको छ । 

कृषा चौलागाईंको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा यसअघि कलाकार केदार घिमिरे पनि फाइनल भइसकेका छन् । फिल्ममा केदारको भूमिका कस्तो हुनेछ भन्ने पनि केही खुलाइएको छैन । 

फिल्ममा अन्य केही स्टार कलाकारहरूको अभिनय रहने बुझिएको छ । फिल्ममा जापानी अभिनेत्री रुजेल इचिमियाले पनि काम गर्ने पक्का भइसकेको छ । 

फिल्म ‘पिताम्बर’पछि कृषा र सौगातले दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । फिल्ममा पुरुषोत्तम प्रधानको डीओपी रहनेछ । 

फिल्मको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ । यूएनए प्रोडक्सनको ब्यानरमा उज्ज्वल गुराँगाइले निर्माण गर्ने यो फिल्मलाई नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top