यी हुन् सर्वाधिक कमाइ गर्ने २५ नेपाली फिल्म (सूचिसहित)

चलचित्र विकास बोर्डले सोमबार ६१ वर्ष लामो नेपाली फिल्म इतिहासमा सर्वाधिक कमाइ गरेका २५ नेपाली फिल्मको सूचि सार्वजनिक गरिएको छ।

बोर्डको २५ औँ वार्षिकोत्सवको अवसरमा अहिलेसम्मकै सर्वाधिक आम्दानी गर्ने २५ नेपाली फिल्मको सूची सार्वजनिक गरेको हो ।  यो सूचीमा मुकुन भुसाल र विजय बराल अभिनीत ‘पूर्णबहादुरको सारंगी’ सबैभन्दा धेरै कमाइ गर्ने नेपाली फिल्मको रुपमा पहिलो स्थानमा रहेको छ ।

यसरी सार्वजनिक सूचीमा २५औं स्थानमा रहेको फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ ले ७ करोड ३२ लाख २० हजार रुपैयाँ कमाएको छ ।

नेपाल चलचित्र विकास बोर्डले यो अवसरमा सबैभन्दा बढी आम्दानी गर्ने फिल्मका निर्माता, निर्देशक तथा कलाकारहरुलाई सम्मानसमेत गरेको थियो ।

हेर्नुस् टप २५ सर्वाधिक कमाइ गर्ने नेपाली फिल्महरू:
क्रम चलचित्रको नाम कुल कमाइ (रुपैयाँमा)
1 पूर्णबहादुरको सारङ्गी ४६ करोड ८७ लाख ४१ हजार
2 कवड्डी–४ २१ करोड ४० लाख
3 १२ गाउँ १९ करोड ९२ लाख
4 छक्का पञ्जा ४ १७ करोड ५३ लाख
5 जारी १७ करोड ४७ लाख
6 छक्का पञ्जा १ १६ करोड १० लाख
7 महाजात्रा १५ करोड ६७ लाख
8 छक्का पञ्जा ५ १५ करोड २० लाख
9 कोहिनुर १४ करोड ७५ लाख
10 छक्का पञ्जा २ १४ करोड ५१ लाख
11 शत्रु गते १२ करोड ६५ लाख
12 ऊनको स्वीटर १० करोड ६२ लाख
13 कवड्डी–२ १० करोड ३५ लाख
14 बोक्सीको घर १० करोड १० लाख
15 माया छपक्कै ९ करोड ९२ लाख
16 दिमाग खराब ८ करोड ९८ लाख
17 अन्जली ८ करोड ८३ लाख
18 परदेशी २ ७ करोड ९२ लाख
19 छक्का पञ्जा ३ ७ करोड ८३ लाख
20 प्रेमगीत–३ ७ करोड ६३ लाख
21 कबड्डी–कबड्डी–कबड्डी ७ करोड ५९ लाख
22 पुजार सार्की ७ करोड ३८ लाख
23 महापुरुष ७ करोड ३५ लाख
24 कवड्डी ७ करोड ३४ लाख
25 पशुपतिप्रसाद–२ (भष्मे डन) ७ करोड ३२ लाख

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top