‘मालती मंगले’मा विजय र वर्षाको जोडी

रानी म्युजिक इन्टरनेशनल प्रा.लिको व्यानरमा निर्माण हुन लागेको फिल्म ‘मालती मंगले’मा मुख्य कलाकारहरू फाइनल भएका छन् । फिल्ममा नायक विजय बराल र नायिका वर्षा राउत अनुबन्धित भएका छन् । फिल्मको शीर्ष भूमिकामा यी दुई कलाकार देखिने पक्का भएको हो ।

प्रकु पाण्डेयले निर्देशन गर्न लागेको यो फिल्ममा संयोग गुरागाँईको पटकथा तथा संवाद, निर्देशक पाण्डेयको कथा छ । सागर ज्ञवाली कार्यकारी निर्माता रहेको फिल्ममा महेश पौडेलको डीओपी, रोमी तण्डुकारको सम्पादन, राजनराज सिवाकोटीको संगीत रहनेछ ।

यो फिल्मका लागि विजय र वर्षाले ३ महिना अरु फिल्ममा काम नगर्ने बताएका छन् । भदौबाट यो फिल्मको छायांकन सुरु हुनेछ । ४० दिनसम्म यो फिल्म खिच्ने तयारी गरिएको छ ।

यही वर्षको अन्तिममा यो फिल्म रिलिज गर्ने तयारी निर्माताको छ । रामकृष्ण ढकालको लगानी रहने फिल्ममा विजय र वर्षाको भूमिकाको बारेमा केही पनि खुलाइएको छैन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top