सलोन र सलिनको ‘युनीभर्सिटी अफ गुण्डाज्’को टिजरलाई दर्शकको साथ

अभिनेताद्वय सलिनमान बनिया र सलोन बस्नेतको फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज्’को एक्सनपूर्ण टिजरलाई २ दिनमै साढे दश लाख दर्शकले हेरेका छन्। युटुबमा रिलिज गरेको यो टिजरलाई छोटो समयमा दश लाख ६३ हजारभन्दा बढी पटक हेरिएको छ ।

उक्त टिजरलाई ८ हजारले लाइक गरेका छन् भने १२ सय ३१भन्दा बढिले कमेन्ट गरेका छन्। कमेन्टकर्ताले सलिन र सलोनको एक्सनलाई मन पराएका छन्। कमेन्टकर्तामध्ये एक अनिता लम्साल भन्छिन्, ‘फिल्मको फस्ट लुकले ठूलो हलचल मच्चाएको छ। धन्यवाद सलिन र सलोन।’ झण्डै ८ वर्षपछि फिल्ममा कमव्याक गरेका सलिनलाई दर्शकले खाइलाग्दो हिरो आएको समेत प्रतिक्रिया दिएका छन्। उनीहरुले सलोन र सलिनबाट एक्सन चाहेको बुझिन्छ।

अर्का कमेन्टकर्ता प्रेम बराइलीले टिजरले आफुलाई असाध्यै छोएको प्रतिक्रिया दिएका छन्। उनी लेख्छन्, ‘सबै एक्सन हिरो साइड लाग,मेन हिरो आयो ल।’

सलिनको जन्मदिन पारेर टिजर रिलिज गरिएको थियो। ओएसआर डिजिटल युटुब च्यानलबाट रिलिज भएको १ मिनेट १२ सेकेण्ड लामो टिजरले एक युवाले आफ्नो एरियामा राज गरेको देखिन्छ।

सान्भी इन्टरेटेन्टमेन्टको प्रस्तुतीमा निर्माण भएको यस फिल्ममा सलिन र सलोन बस्नेतको मुख्य भुमिका रहेको छ। अभिनेता सलिनमान आफैले लेखेको यस फिल्मको स्टोरीमा सुरेश न्यौपानेले निर्देशन गरेका छन्। यस फिल्मको मुख्य भुमिकामा सलिन,सलोन रहेको छन्।

सम्राट बस्नेतको एक्सनमा निर्माण भएको यस फिल्ममा अन्य कलाकार र प्राविधिकहरुको नाम सार्वजनिक गरेको छैन। साथै निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छैन।

youtube.com/watch?v=_M79ItBh0SM&feature=youtu.be

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top